नासाले पत्ता लगायो पृथ्वीजस्तै अर्को ग्रह

पानी र जीवनको संभावना

नासाले आफ्नो खओजी अभियानका क्रममा ठुलो सफलता प्राप्त गरेको छ । नासाले पृथ्वीजस्तै अर्को एक ग्रह पत्ता लगाएको छ । उक्त ग्रहको नाम ‘केप्लर ४५२ बी’ रहेको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डलभित्र नै छ ।

Earth.2नासाको अनुसन्धान अनुसार केप्लर ४५२ बी ग्रह आफ्नो ताराबाट त्यति नै दूरीमा छ जति दूरीमा पृथ्वी सूर्यसँग रहेको छ । यो ग्रह पृथ्वी जस्तै चट्टान भएको बताइएको छ । ग्रह धेरै गर्मी या चिसो नभएका कारण यसमा पानी र जीवन हुन सक्ने सम्भावना रहेको नासाको आशा छ । यो ग्रह पृथ्वीबाट ६० प्रतिशत ठूलो रहेको बताइएको छ ।

पृथ्वी जस्तो जीवन भएको आशा गरिएका कारण यस ग्रहलाई अर्थ २.० नाम दिइएको छ । पृथ्वीबाट बाहिर जीवन खोज्नका लागि नासाको प्रयासमा यो खोजलाई मुख्य बाटो मानिएको छ । यो ग्रहको खोज नासाको स्पेस टेलिस्कोप केप्लरले गरेको छ ।

केप्लर ४५२ बीले पनि पृथ्वीले सूर्यको चक्कर लगाएजस्तै आफ्नो ताराको चक्कर लगाउन ३८५ दिन लगाउँछ । पृथ्वीको जस्तै नयाँ ग्रहको मौसम धेरै चिसो या तातो छैन् । पृथ्वी र केप्लर ४५२ बी दुवै चट्टान भएका ग्रह हुन् ।