देउता रिसाउने डरले गोठमै महिलाको बास

महिनावारी हुदा घरमा सुते देउता रिसाउने तथा घरमा अनिष्ट हुने अन्ध बिस्वासका कारण सुदूरपश्चिमको पहाडी जिल्लाका महिनावारी भएका महिला गोठमै बास बस्ने परम्परा कायम रहेको छ ।

Women in western Nepalमहिनावारी हुदाको समय सम्म गोठमै बस्ने बर्षौं देखिको रुढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी जिल्लाका महिला अझै टाढा हुन सकिरहेका छैनन् । बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, बाजुरा,अछाम र डोटी लगायतका विकट पहाडी जिल्लाका गाविसमा यो प्रथाले निरन्तरता तोड्न नसकिरएको हो ।

विभिन्न जनचेतनामूलक कार्यक्रमका कारण यहाँका पहाडी जिल्लाका सदरमुकाम र आसपासका क्षेत्रका महिलाले यो प्रथालाई इन्कार गरिसकेको भए पनि ग्रामीण भेगमा यसको प्रभाव अझै कायम रहेको डोटीका स्थानिय सञ्चारकर्मि कर्ण चन्दले बताउनु भयो । उहाँले भन्नु भयो ‘यहाँका स्थानियको मन बाट जबसम्म महिनावारी प्रतिको अन्ध बिस्वासको अन्त हुदैन तब सम्म यो कुप्रर्था कायमै हुने छ ।’