दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

दुबईमा एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेको समाचार यहाँको स्थानीय मिडियाले सार्वजनिक गरेको छ ।

कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो ।

३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो ।