दुबईमा बलात्कृत महिलालाई नै सजाय

norway-rape-victim-jailed-in-dubaiबलात्कारको उजुरी गर्ने एक नर्वेजियन महिलालाइ दुबइमा उल्टै ‘विवाह-इतर यौन सम्बंध’ राखेको आरोपमा १६ महिना जेल सजाय सुनाइएको छ ।

मार्ते देबोराह लादेभ नामकी ती २४ वर्षिय महिला राती साथीहरूसँग निस्केको बेला आक्रमण भइ बलात्कृत भएकी थिइन् । उनले प्रहरीलाइ खबर गर्ने बेलादेखि नै कानूनी प्रकृयाका बारेमा असहयोगी भाव पाएको बताएकी छिन् । कानूनी उपचारको सट्टा जेल सजायको समाचारले नर्वेमा ठूलो असन्तोष छाएको छ । तर संयुक्त अरब इमिरेट्सका अधिकारीहरू भने आफ्नो कडा र पुरूषप्रधान कानूनका बारेमा सामान्य झैं व्यवहार गरिरहेका छन् ।