दुई मन्त्रालयको नाम फेरियो

सरकारले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कायम गरेको छ।

गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयको नाम संशोधन गरेको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रुपान्तरित भइसकेको छ।

सरकारले यसअघि सूचना तथा सञ्चार मन्त्रालयको नाम पनि संशोधन गरी सूचना तथा प्रविधि मन्त्रालय बनाएको थियो । रासस