‘ड्राइ स्किन केयर’ कसरी गर्ने ?

देशी बदामको तेल
छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ ।

Skin care कोको–नौनी
प्रायजसो बडी लोसन तथा लिप बाममा कोको–नौनी प्रयोगमा ल्याएको पाइन्छ । यो लगाउने गर्नाले फुटेको छालालाई धेरै फाइदा दिन्छ । साथै सुक्खा छालालाई पनि सुक्खा हुनबाट बचाइराख्छ । कोको–नौनीमा एन्टिअक्सिडेन्टको गुण भएकाले छालालाई चिसोपन बनाई नरम राख्न पनि मद्दत गर्छ ।

सूर्यमुखी तेल
सूर्यमुखी तेलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ प्रशस्त हुन्छ । त्यसैले छालामा यसको प्रयोग गर्नाले सुकेको तथा बिग्रेको छालामा सुधार हुन्छ । अनि नरम, कलिलो र चिसोपना गराइराख्न सहयोग गर्छ । यो तेल स्वास्थ्यवद्र्धक पनि हो ।

नीमको तेल
नीम एक बहुउपयोगी रुख हो । यो रुखका प्रत्येक भाग विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छ । स्वास्थ्योपचारमा, खेतीपातीमा, सौन्दर्य सामग्रीहरुमा यसको धेरै उपयोग हुने गरेको पाइन्छ । शरीर चिलाउने र छालामा रातो–रातो देखा पर्नेहरुका लागि यो तेलको सेवन प्रभावकारी मानिन्छ । चाउरीपन हटाउने कार्यका लागि पनि यो तेल सेवन गर्नु बडो प्रभावकारी देखिएको छ । यसमा एन्टिसेप्टिक गुण पनि छ । सुक्खा छालालाई चिसो गरिराख्न धेरै मद्दत गर्छ ।

काँक्रो
काँक्रो स्वास्थ्यका लागि धेरै लाभदायी रहेको अनुसन्धानको सिलसिलामा प्रमाणित भइसकेको छ । यो खानको लागि मात्र नभई सौन्दर्य बढाउनमा पनि विशेष उपयोगी देखिएको छ । काँक्रोको सेवनले छालालाई चिसोपन र ताजा बनाइराख्न मद्दत पुर्याउँछ । यसको प्रयोग अनुहारको छालामा पनि गर्न सकिन्छ । बिग्रेका छालालाई स्वस्थ बनाउन पनि काँक्रो सहयोगी हुन्छ ।

घिउकुमारी
आजकल घिउकुमारीका बारे निकै चर्चा हुने गरेको छ । यसमा हुने बहुउपयोगी गुणका कारण स्वास्थ्य र सौन्दर्य क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ । यसलाई छालामा प्रयोग गर्दा छाला नरम पार्छ, सुक्खा हुन दिँदैन र प्राकृतिक हानिकारक अल्ट्राभायोलेट किरणबाट बचाइराख्ने गर्छ ।

फर्सीको बियाँ
फर्सीको बियाँको तेलमा फ्याट्टी एसिड, जिङ्क, भिटामिन ‘ई’ र बेटा क्यारोटिन प्रशस्त पाइन्छ । त्यसैले यसको तेल सेवन गर्ने गरेमा छाला सुक्खा हुन दिँदैन र छालामा भएको चिसोपनलाई कायम राख्ने काम गर्छ । यसले गर्दा छाला नरम, ताजा तथा कलिलो देखिने हुन्छ । तेल मात्र नभएर फर्सीको बियाँ नै खानु पनि सौन्दर्यका दृष्टिले राम्रो मानिन्छ ।

अंगुरको तेल
अंगुरको बियाँको तेल ९न्चबउभ यष्०ि मा ब्कतचष्लनभलत को गुण भएकोले छाला झुल्न नदिई तन्काइराख्ने काम गर्छ । यो तेल सेवन गर्ने र छालामा लगाउने गर्दा छाला कसिलो हुन्छ । यसले छालामा भएको चिसोपनलाई सञ्चित गरिराख्ने भएकाले छाला सुक्न दिँदैन । छाला सुक्खा भएन भने कोमल र ताजा देखिन्छ ।
– कमला श्रेष्ठ, ब्युटिसियन