डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्ष पहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

Minendra-Rijal-dance-with-wifeआफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर गत मंगलबार बिहानै सार्वजनिक गरेका हुन् । केही अनलाइन पत्रपत्रिकाहरूले मन्त्री रिजालले डान्सबारमा नाचेको भनी समाचार सम्प्रेषण गरेपछि उनको चित्त दुःखेको मन्त्रीले उल्लेख गरेका छन् ।  समाचारबाट दिक्क भएको उनको सन्देशबाट अनुमान लगाउन सकिन्छ ।

उनले सन्देशमा भनेका छन्, ‘एउटा दुष्टात्माले म डान्स बारमा भेटियो भनी सरासर झूठ लेखेछ । यस्तो झूठ लेखन अत्यन्त निन्दनीय छ ।’

मन्त्री रिजालले अगाडि थपेका छन्, ‘साथीहरूका लागि, बरू एउटा पुरानो नाचेको तस्बिर पोष्ट गर्दैछु । तर अहिलेको होइन, वीस वर्ष पहिलेको हो । यहाँ होइन, न्यूयोर्क सहरमाको ।’

उनले भनेका छन्, ‘डान्स बारमा होइन, ल्होसार पर्वमा, अरू कसैसँग होइन, आफ्नै प्यारी श्रीमतीसँग ।’