ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको जनआस्था साप्ताहिकले छापेको छ। पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका छन्। त्यो भ्रमणलाई अर्थहीन भन्दै उनले भने- ‘हि इज लुजिङ हिज पर्सनालिटी अनसेल्फ’ अर्थात् उनले आफ्नो ब्यक्तित्व आफ्नै कारण गुमाइरहेका छन्।
Paras Shah
उता, भारत भ्रमणमा रहेका ज्ञानेन्द्र शाहले भने उच्च भारतीय नेताहरुलाई भेट्न नपाउने भएका छन्। एकाएक भारतीय राजनीति गर्माएपछि उनले अन्य शीर्ष नेतासँग भेट्ने अबसर नपाउने भएका हुन्। बुहारी हिमानी शाह एक साता पहिले नै भारत पुगेर भ्रमणको तालिका मिलाउन कोसिस गरेको भएपनि नातेदार एवं काँग्रेस नेता करण सिंह बाहेक अन्यलाई भेटन नपाउने भएका छन्।