जीवन काट्न रहेछ,काट्दै छु

(कविता )yamu

अब्बल दोयम सिम चार
हिसाब गरूँ कुन बार ?
पुराना लुगा फेर्दै छु
आखिर जीवन काट्नु रहेछ काट्दै छु 

कसरि बितो कसरी बिताउँ
सोच्ने फुर्सद कहाँ छ यहाँ ?
भ्रम को पर्दा हटाउदै छु
आखिर जीवन काट्नु रहेछ काट्दै छु 

कति चोट कति हाँसो
मन कै तराजु बिग्रेको बेला
जोख्ने प्रयास गर्दैछु
आखिर जीवन काट्नु रहेछ काट्दै छु 

स्वधीन छु या पराधीन
मैलो छु या सुकिलो
नाप्ने यन्त्र खोज्दै छु
आखिर जीवन काट्नु रहेछ काट्दै छु ।

चुकाउन सकिन दुध को मोल
हँसाउन सकिन आमाको मुहार
परदेश मा स्वाभिमान बेच्दैछु
आखिर जीवन काट्नु रहेछ काट्दै छु

-यामु निरौला