जापानमा नेपाली विद्यालय

Everest_school_japanनेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन जापानमा पहिलो नेपाली विद्यालय स्थापना भएको छ । ‘एभरेष्ट इन्टरनेशनल स्कुल’ निजी क्षेत्रबाट स्थापित विदेशको पहिलो नेपाली विद्यालय भएको दाबी गरिएको छ ।

राजधानीमा बुधबार भएको अन्र्तक्रियामा नेपाल एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठले उक्त विद्यालय नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा आधारित हुने जानकारी दिए । ‘जापानमा रहेका नेपाली समूदायमा विद्यालयको अभाव खड्किँदै गएपछि सिंगो नेपाली समुदायको सक्रियतामा जापानको राजधानी टोकियोमा आगामी अप्रिलदेखि ‘एभरेष्ट इन्टरनेशनल स्कुल, जापान’ शुभारम्भ गर्दैछौँ,’ उनले भने ।

जापानको सरकारी तथ्यांकमा २० हजार ३ सय ८३ नेपाली छन्, तीमध्ये एक हजार प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका छन् ।