जर्मनी र अर्जेन्टीना फाइनलमा

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको अन्तिम सेमीफाइनलमा नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।
यसअघि साओ पाओलोमा बिहीबार बिहान पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४-२ ले हराउँदै २४ वर्षपछि अर्जेन्टिना विश्वकपको फाइनल प्रवेश गरेको हो। अर्जेन्टिना दुईपटकको विजेता हो। सन् १९७८ मा नेदरल्यान्ड्सलाई फाइनलमा हराएर अर्जेन्टिना पहिलोपटक विश्वविजेता बनेको थियो। नेदरल्यान्ड्स भने ३ पटकसम्म फाइनलसम्म पुगे पनि विजेता बन्न सकेको छैन । यसै कारण पनि नेदरल्यान्ड्सलाइ अभागी भनिन्छ ।

Romero savedनिर्धारित ९० मिनेट र थपिएको समयमा समेत खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनान्टी सुटआएटमा गरिएको हो। हरेक महत्वपूर्ण प्रतियोगितामा अभागी बन्दै आएको नेदरल्याण्डका लागि यसपटक अर्जेन्टीनी किपर रोमेरो बाधक बने।

उनले डच टोलीका महत्वपूर्ण २ बल सेभ गरेका थिए। उनले नेदरल्याण्ड्सका भ्लार र स्नेइडरको पेनाल्टी रोके । अर्जेन्टिनाका लागि भने लिओनल मेस्सीसागै अजिकियो ग्राइ, सर्जिओ एग्युरो र म्याक्सी परेराले गोल गरे।

argentina winआजको खेलको पहिलो हाफमा अर्जेन्टीनाले दबाबमा राखेको थियो भने दोस्रो हाफ र थप समयमा नेदरल्यान्ड्सले सुधार गरेको थियो । खासमा दुबै देश बचेर खेलेका थिए । जसले गर्दा धेरै अट्याक भएन र खेल गोलरहित भयो ।

यसअघि जर्मनी आयोजक ब्राजिललाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । अर्जेन्टिनाले आउँदो आइतवार फाइनलमा जर्मनीसँग खेल्नेछ ।