जर्मनीले युरो यु-१९ पनि जित्यो

युरोपियन राष्ट्रहरूको युरो यु-१९ प्रतियोगिताको उपाधि जर्मनीले उचालेको छ । करिब दुई हप्ता अगाडि सिनियर टोलीले विश्वकपको उपाधि जितेपछि त्यसैको अनुशरण गर्दै जर्मनीको यु-१९ को टोलीले पनि पोर्चुगललाई पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो ।

German-winning-goal-Euro U-19पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै जर्मनीको युवा टोलीले उपाधि जितेको हो । टोलीलाई जित दिलाउनका लागि ह्यानी मुक्तरले खेलको ३९ औ मिनेटमा गोल गरेका थिए । उनको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । यसअघि पनि जर्मनीले थुप्रै अवसरहरू पाएको थियो । विषेशगरी मार्कस सोर्गले केही अवसरहरूलाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफ १ गोलमा सकिएपछि दोस्रो हाफमा जर्मनीले डिफेन्सिभ खेल खेल्यो । पोर्चुगलले केही मौकाहरू पाएपनि जर्मनीका गोलरक्षक ओलीभर स्निजलरले निकै राम्रा बचाउ गरेपछि पोर्चुगलको केही लागेन ।

  • Post category:खेल