जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह चरणमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए।

यस्तै कन्फेडेरेसन कपमा मेक्सिकोलाई हराउँदै पोर्चुगल तस्रो भएको छ। रोमाञ्चक खेलमा मेक्सिकोलाई पोर्चुगलले २–१ ले पराजित गरेको हो।