जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाको उम्मेदवारी घोषणा

नेपाली जनसम्पर्क समिति बेल्जिययमको आसन्न चौथो अधिवेशनले चयन गर्ने अध्यक्ष पदको निम्ति  सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
sita-sapkotaसापकोटाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो  योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताउनु भएको छ । सापकोटा काँग्रेसमा लागेकी पुरानो कार्यकर्ता हुन् । आसन्न चुनावको कसरतमा यसअघि नै अन्य २ उमेदवार मैदानमा छन् ।
आगामी ५ मार्चमा हुने अधिवेशनका लागी  प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका  महामन्त्री शशांक कोईराला, केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य द्वय चन्द्र भण्डारी र एनपी साउद लगाएत यूरोपमा रहेका जनसम्पर्क समिति अध्यक्ष तथा प्रतिनिधि हरुको समेत सहभागिता रहने अपेक्षा गरिएको छ । १२ मार्चमा नयाँ नेतृत्वका लागी निर्वाचन हुने कार्यक्रम रहेको छ ।