चैतेदशैं बागलुङे मेलाको म्यूजिक भिडियो बागलुङमै

चैत्राष्टमीमा सबै भन्दा बढी मेला लाग्ने मध्ये एक बागलुङ बजारमा लाग्ने ऐतिहासिक चैतेदशैं मेलालाई लक्षित गरी म्यूजिक भिडियो बनाउनेक्रम तिव्र बनेको छ | चैत्राष्टमीका अवसरमा बागलुङको बागलुङ कालिका भगवती मन्दिरमा हप्तादिनसम्म लाग्ने मेलालाई लक्षित गरी बागलुङका कलाकार ईश्वर खड्काले ‘चैतेदशैं बागलुङे मेला’को म्यूजिक भिडियो बागलुङमै छायांकन गरिएको छ |

सञ्चारकर्मी राजेश बर्देवा तथा रिता केसीको स्वर रहेको उक्त म्यूजिक भिडियोको कालिका भगवती मन्दिर, बाङ्गेचौर खेल मैदान, मनिलाल भ्यूटावर लगायतका पर्यटकीय स्थलहरुमा छायांकन गरिएको थियो| स्थानीय कलाकार रोमन घमाल, सुमन बुढा, रमिला घर्ती, असिला पुनको मुख्य अभियान रहेको उक्त म्युजिक भिडियोको निर्देशन सुवास श्रेष्ठ र कोरियोग्राफ रोमन घमालले गरेका छन्| होम परियारको संगीत सिर्जना रहेको लोकदोहोरी गीतको थेगो इश्वर खडकाको र अन्तरा शब्द राजेन्द्र ढकालले लेखेका हुन्|Chaitedashai baglung