चितवनमा पनि स्वाइन फ्लु

Chitwan_mapछिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ।

चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु इन्फुल्न्जा ए, एचवान एनवान को सङ्क्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको हो।

भरतपुर अस्पतालस्थित ल्यावमा रेपिट टेस्ट नाकबाट लिइने परिक्षण गर्दा पोजेटिभ पाइएका ४३ जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकुमा पिसिआर परीक्षणका लागि पठाइएको थियो। चार जनामा स्वाइन फ्लु भेटिएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको छ ।
ती बिरामीले केहीले औषधि सेवन गरिरहेका छन् भने एकजना निको भएर फर्केको अस्पतालले जनाएको छ । चितवनमा स्वाइन फ्लु भित्रिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोकथामका लागि उच्च सतर्कता अपनाएको छ।