“चामल खानेहरू र चौलानी पिउनेहरू” विमोचित

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने “विजय मल्ल साहित्य साँझ” कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह ‘जनमत प्रकाशन’ काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |


book chamal khaneकविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घक अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन तथा संचालन आविस्कार भारतीले र बाल कविता प्रतियोगिताको संचालन चाहिं इशान लुइंटेलले गर्नु भएको थियो |


कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |


कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ “Porridge Eaters and Gruel Drinkers” शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |