चलचित्र पीके माथि सेन्सर बोर्डको फैसला

गत शुक्रवार देखि सार्वजनिक प्रदर्शनमा आएको राजकुमार हिरानीको भारतीय चलचित्र  पीकेले  हिन्दुको भावाना माथि चोट पुर्याएको भन्दै चलचित्रमा प्रतिबन्ध pk-trailerलगाउन वा केहि दृश्य हटाउन माग गरीरहेको बेला फिल्मको प्रमाण पत्र दिने सेन्सर बोर्डले यस मागलाई खारेज गरीदिएको छ|

सेन्सर बोर्डका अध्यक्ष लीला सैमसनले चलचित्र रिलिज भै सकेको र बोर्डले कुनै दृश्य नहटाउने जनाएकी छन् | उनले जुनसुकै चलचित्रले पनि कसै न कसैको भावाना वा धार्मिक भावानामा ठेस पुर्याउने बताएकी छिन | आफ्नो तरिकाबाट प्रस्तुत गर्नु कला हो भन्दै उनले चलचित्रलाई प्रमाण पत्र प्रदान गरीसकेको र अनावश्यक तरिकाबाट चलचित्रको दृश्य हटाउन नसकिने जनाएकी छिन |

भारतमा पीकेलाई प्रदर्शनमा प्रतिबन्ध लगाउन र नायक आमिर खानलाई पक्राउ गर्न राम बाबाले समेत माग गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए| फिल्मले धर्ममाथि ब्यङ्ग्य गरेको भन्दै हिन्दु मात्र नभएर मुस्लिम धर्मगुरुले समेत यो चलचित्रमा प्रतिबन्ध लगाउन माग गरेका थिए| चलचित्रमा आमिर खानले रक्सीको बोत्तल लिएर मन्दिरमा गएको भन्दै आपत्ति जनाएका थिए|