गैंडाको खागसहित कौशलटारबाट दुईजना पक्राउ

rhino horn lostप्रहरीले गैंडाको खागसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५, कौशलटारबाट २ जनालाई पक्राउ गरेको छ ।

२ सय ५८ किलोग्राम तौल भएको गैंडाको १ थान खागसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर, देवीचौर–देउरालीका समीर वाईबा र काभ्रेपलाञ्चोक, कानपुर–५ का निरन लामा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजना जिल्ला वन कार्यालय भक्तपुरको नियन्त्रणमा रहेका छन् ।

संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गैंडाको खाग ओसारपसार तथा खरिदबिक्रीमा प्रतिबन्ध छ ।