गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गृह जिल्ला पुगेर सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएकी छन । प्रेस

Sujata Koirala.JPG

युनियन सल्यानले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन “अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु।”

पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै भनिन  “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त हुन्छ ।”

नेत्री कोईरालाले तराईमा भइरहेको आन्दोलनको कुनै अर्थ नभएको समेत बताएकी छन। जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा तराईकै जनताले साथ नदिएकाले आन्दोलन प्रभावहीन बन्दै गएको उनको  दाबी थियो । नेपाली जनताको हित र विकासमा कुनै अदृश्य शक्तिले षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेत्री कोइरालाले सबै दल एक भएर मात्र संविधान ल्याउन सफल भएको दाबी गरिन । “संविधानले सबैका अधिकारलाई समेटेको छ, बाँकी विषय पनि संशोधन प्रस्तावले समेटेकाले यसमा खोट लगाउने ठाउँ छैन ।” उनले भनिन ।