गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

googleगूगलको नयाँ तथ्याङ्कमा विभिन्न देशका सरकारहरूले अत्यन्त धेरै सामग्री गूगलबाट हटाउने माग गरेको खुलेको छ ।
तिन वर्ष अगाडिदेखि गूगलले ‘पारदर्शी रिपोर्ट’ दिन शुरू गरेदेखि २०१२ को दोस्रो खण्डमा गूगलबाट सामाग्री हटाउने माग ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । धेरै सरकारहरूले सामाग्री हटाउने कारणका रूपमा ‘गालीबेइज्जती’ भनेका छन् ।
गूगलसँग अनुरोध गर्ने ‘शीर्ष ५ देशहरू’ मा क्रमशः ब्राजील, संयुक्त राज्य अमेरिका, जर्मनी, भारत र टर्की रहेका छन् ।
नेपालले यु ट्यूबका ४ सामाग्रीहरू हटाउन अनुरोध गरेकोमा १ सामाग्री हटाइएको गूगल रिपोर्टमा उल्लेख छ । नेपालले हटाउन अनुरोध गरेका सामाग्रीहरू अश्लील खालका रहेका थिए ।