गत वर्ष ८ लाख पर्यटक आए

भुकम्प पछि नेपालको पर्यटन क्षेत्रमा मुख्य नाका भैरहवा भएको छ । नेपाल भित्रिने पर्यकहरु मध्य आधा भैरहवा रुट देखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी पर्यटक भैरहवा नाकाबाट आउने गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा त्रिभुवन विमानस्थलसहित विभिन्न नाका भएर सडकमार्गबाट पर्यटक आउने पछिल्लो तथ्याङ्क हो ।नेपालको स्थलगतमार्गबाट नेपाल आउने पर्यटकले भैरहवासहित बीरगञ्ज, धनगढी, काकडभिट्टा, कोदारी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका नाका प्रयोग गर्छन् ।

tourist in nepalअध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१४ मा ७ लाख ९० हजार पर्यटक नेपाल भित्रिएका छन् । यसमा हवाइमार्ग भएर ५ लाख ८६ हजार पर्यटक हवाइमार्ग हुँदै नेपाल भित्रिएको छ । सडकमार्गबाट २ लाख ४ हजार पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

सडकमार्गबाट दुई लाख पर्यटकमध्ये भैरहवा नाकाबाट मात्र एक लाख १७ हजार नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । त्यसैगरी चीनबाट तातोपानी कोदारी नाका हुँदै ७३ हजार ६ सय ६४ पर्यटक भित्रिएका छन् ।

धनगढी नाकाबाट सबैभन्दा कम ३४ जनामात्र पर्यटक नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ ।  नेपालमा सडकमार्ग हुँदै नेपाल आउनेमा भारतीय पर्यटकको बाहुल्यता देखिएको छ । चीन तथा भारतबाट सडकमार्ग प्रयोग गरेर नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्या पनि बढ्दै गइरहेको पाइन्छ ।

नेपालको ऐतिहासिक तथा पर्यटकिय क्षेत्र  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवलोकन तथा भ्रमणको लागि भारतसहित विभिन्न मुलुकबाट पर्यटक आउने गर्छन ।  भारतको गोरखपुर हुँदै नेपाल आउन सजिलो हुने हुँदा भारतीय पर्यटकले पनि भैरहवा नाका रोज्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।