खुमबहादुरको संयोजकत्वमा हिन्दु राष्ट्र पुनस्थापना समिति गठन

पूर्व गृहमन्त्री तथा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’khum-bahadur गठन गरीएको  छ | शुक्रबार बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउने समिति गठन गरेको हो |

समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे रहेका छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् |समितिका सदस्यहरुमा पूर्वसभामुख तारनाथ रानाभाट, सभासद सूवर्ण जुहार्चन र केन्द्रीय सदस्य पुष्पा भुसाल र नवलपरासी सभापति देवेन्द्रराज कँडेलसमेत छन् |

अभियानका सदस्यमा चीरञ्जीवी वाग्ले, शिवराज जोशी, चन्द्र केसी, दुर्योधनसिंह चौधरी, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह,नारयण कोइराला, भोला थापामगर, सियाराम राय यादव, देवप्रकाश त्रिपाठी,लोकेश ढकाल, कृष्ण लामा, देवीप्रसाद न्यौपाने, डा. मीठाराम बिक,  खेमराज सेढाइँ, मानबहादुर रावल र रमेशजंग रायमाझी मानबहादुर रावल समेत छन् |

घटनाविचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीलाई प्रचारविभागको जिम्मा दिइएको छ भने खेमराज सेढाइँलाई आर्थिक विभाग प्रमुख बनाइएको छ |

अभियानले कात्तिक २० गते प्रज्ञाभवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ |