कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा मिलियन युरो (करिब ६ करोड रूपैयाँ) नगद जफत भएको छ ।

अनाैठो गन्ध आएपछि छिमेकीहरूले प्रहरीलार्इ खबर गरेको र उसको घर परिपरिको जग्गाबाट ५०० गाँजाका बोट फेला परेका थिए । सो युवकले गाँजा खेती अरूसँग मिलेर गरेको हुन सक्ने प्रहरी अनुमान छ र प्रहरी अनुसन्धान कै क्रममा रहेको यहाँको पत्रिकाहरूले उल्लेख गरेका छन् ।

कोत्रेक नर्थ सीको नजिकैको बेल्जियन कम्युन हो ।