कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

1कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र कार्की, कोषाध्यक्षमा बैकुण्ठ पहारी र सदस्यमा रमेशराज लामिछाने, रामचन्द्र सुवेदी, कृष्ण अधिकारी, जनकराज सुवेदी रहेको छन ।

1तदर्थ समितिका संयोजक पूर्ण तिमिल्सिनाको अध्यक्षतामा र जेष्ठ नागरिक मदन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालन होम गुरुङले गरेका थिए भने कार्यक्रममा मिन गुरुङले स्वागत गीत प्रस्तुत गरेका थिए । एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले कार्य सफलताको शुभकामना दिएका थिए ।

कास्कीबाट बेल्जियम आइ वसोवास गर्ने नेपालीहरु बीचमा आपसी सद्भभाव कायम गर्दै कास्की जिल्लाको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग पुर्याउने उद्वेश्यले समाजको गठन गरिएको हो ।