काठमाडौं-हेटौंडा सुरुङमार्ग बनाउने जम्मेवारीमा भवन भट्ट

Bhaban Bhattaकाठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधा विकास कम्पनीको अध्यक्षमा एनआरएन भवन भट्ट चयन भएका छन् । यसअघिका अध्यक्ष कुशकुमार जोशीको राजिनामालाई स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले भट्टलाई जिम्मेवारी सुम्पिएको हो ।

लगानीकर्ताहरुको अनुरोधमा आफूले जिम्मेवारी लिएको भट्टले बताए । ‘लगानीकर्ताहरुले आग्रह गरेपछि अध्यक्ष पद स्वीकार गरेको हुँ,’ उनले भने- ‘चाँडोभन्दा चाँडो सुरुङमार्ग बनाएर देखाउँछु ।’ निजी क्षेत्रको लगानीले मात्रै आयेजना सम्पन्न गर्न नसकिने भएकाले सरकारलाईसमेत सहभागि बनाएर अघि बढ्ने योजना रहेको भट्टले सुनाए ।

‘आयोजना निर्माणका लागि पुँजी जुटाउनु चुनौतिपूर्ण छ । तर, अब सरकारकोसमेत सहभागितामा आयोजनालाई नयाँ ढंगले अघि बढाइने छ,’ भट्टले भने । विदेशी लगानीकर्तासँग आफ्नो पहुँच पनि आयोजनामा लगानी जुटाउन उपयोग गर्ने उनले सुनाए । ‘खासगरी जापानबाट ठूलो विदेशी लगानी ल्याउन पहल गर्नेछु,’ भट्टले भने- ‘आयोजना बन्छ, आफ्नो लगानी डुब्छ भनेर लगानीकर्ताहरुले शंका गर्नुपर्दैन ।’