कांग्रेसको १३ औँ महाधिवेशन काठमाडौंमा

नेपाली काँग्रेसको १३औँ केन्द्रीय महाधिवेशन आगामी असोजको २ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।kangrsh

संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको हो । यसअघि २०७१ फागुन ६ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भदौ २४ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

संशोधित कार्यतालिका अनुसार देशभर नगर वडा, गाउँ र नगर अधिवेशन आगामी भदौ १ गते, क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गरिने भएको छ । काँग्रेसको १२औँ महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भई पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित भएका थिए।