कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

♦ डिल्लीराम अम्माई ♦
भोलि १५ जुलाईमा बेल्जियमको आन्तोर्पेनको पनि ग्रोनप्लातमा नेपाल फेस्टिबल आयोजना गरिएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । हामीले त नेपाल आफै नरहे मात्रै भुलौंला तर बेल्जियममै हुर्केका हाम्रा सन्ततिहरुले भुल्न सक्छन नेपाल ! उनीहरुलाई नेपाली महोत्सबमा ल्याएर नेपाल देश र संस्कृतिप्रति चाख जगाउनु सबै अभिभावकहरूको कर्तव्य हो ।
यो फेस्टिबल एन आर एन एसंघको इतिहाससंग पनि जोडिएको छ । पहिलो नेपाल महोत्सब २००८, २१ जुन सनिबार र २२ जुन आइतबार दूइ दिन प्रयटनलाई नेपाल जान उत्प्रेरित गर्ने कार्यक्रम सहित उत्सबको रुपमा सम्पन्न भएको थियो ।
तत्कालिन एन आर एन ए बेल्जियमका अग्रज रबिन्द्रमान श्रेष्ठको संयोजकत्वमा नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित बिभिन्न सँघसंस्थाको आयोजनामा बेल्जियममा नेपाल फेस्टिवलको गरिएको हो । युबराज गुरुङ, बालेन्द्र तमु , जानकी दिदी लगायत धेरै नेपालीहरुको अतुलनिय योगदान थियो त्यो महोत्सबमा ।
त्यो बेलाको नेपाल फेस्टिबल पनि आन्त्वेर्पेनकै बर्गर्हाउटमा भएको थियो । पहिलो प्रयास, पहिलो अनुभब त छँदै थियो, दुताबास परिबार र नेपालीहरुको अथक प्रयासले गर्ब गर्न लायक बनेको थियो त्यो बेलाको महोत्सब ।
अहिले तेश्रो पटक पुनः यहि सुन्दर नगरी आन्त्वेर्पेनमै नेपाल महोत्सब हुदै छ । समयको अन्तरालमा यो महित्सबले आफ्नो निर्दिष्ट लक्ष पुरा गरिरहेको छ वा परम्परा मात्र धानेको हो त्यो त समीक्षाको बिषय होला । तर पनि बेल्जियमको अर्को पुस्ता र बेल्जियन नागरिकलाइ नेपाल चिनाउन धेरथोर भूमिका निर्वाह गरिरहेको छ यो महोत्सवले भन्ने कुरामा शंका छैन ।
याद छ, पहिलो नेपाली महोत्सबमा पनि आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रीय गान गाइएको थियो। नेपालमा पर्यटनको बिकाशका लागि डकुमेन्ट्रीहरू देखाइएको थियो । नायिका बर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो।
साँस्कृतिक कार्यक्रमका रूपमा स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो ।त्यसै गरी नेपाली बाद्यबादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धुनहरुले कार्यक्रमको रौनकता झनै थपेको थियो।
उल्लेखनीय रूपमा बेल्जियन तथा नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था ,नेपाली दूतावास, ट्राभल एजेन्ट लगायत बेल्जियन सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए।
हुने अहिले पनि त्यहि होला वा गुणात्मक रुपमा कार्यक्रम अझै सुन्दर बनाइएला, त्यो त भोलि नै थाहा हुने छ ।
त्यस्तै २०१४ को अक्टोबर २, ३, ४ र ५ मा बेल्जियमको पर्यटकीय शहर सोदफोन्टेनमा भएको कार्यक्रम पनि स्मरणयोग्य र भब्य रहेको थियो ।
‘सानो नेपाल’ नामक उक्त चार दिने महोत्सवले पनि नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो इतिहास कायम गरेर समापन भएको थियो ।
यो महोत्सबको सांस्कृतिक महत्व जति धेरै छ त्यत्तिकै पर्यटकिय महत्व पनि रहेको छ । त्यसैले यो कार्यक्रमको दिर्घकालिन महत्वलाई कसैले इन्कार गर्न सक्दैन । अहिलेलार्इ,  बेनेलक्सका निम्ति नेपाली राजदुत लोक बहादुर थापा सहित दुताबास परिवार र एन आर एन ए का अध्यक्ष गंगाधर गौतम सहित एन आर एन परिवारको साझा प्रयास सफल रहोस भनी शुभकामना व्यक्त गराैं । सबै नेपालीहरूको सहभागीताले कार्यक्रम सफल हुने हो, नबिर्साैं ।