कवि के. सी. को ‘नर्थ सिको किनारबाट’ माथि समिक्षा

कवि दीपेन्द्र के.सी.द्वारा लिखित ‘नर्थ सिको किनारबाट’ नामक कविता संग्रहमाथि समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ | सो कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन आईसीसी सदस्य शिवकुमार बरुवाल र अनेसास बेल्जियमका अध्यक्ष विमल गिरीले सँयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो ।

अनेसास बेल्जियम च्याप्टरद्वारा बुधवार बेल्जियमको अन्त्वेर्पेनमा आयोजना गरीएको कार्यक्रममा उक्त कृतिमाथि विविध दृष्टिकोणबाट विवेचना गर्दै उपन्यासकार एवं पत्रकार पंचम अधिकारीले ‘कविताहरू सरल भाषामा सुस्पष्ट रुपले लेखिएको र डायस्पोरिक नोस्टाल्जिक तथा राष्ट्रवादी भावहरुले भरीएको’ बताए ।

Arjun Sth in INLSउत्तर आधुनिक शैलीमा प्रणयरस देखि बिररस सम्ममा कविताहरु सँग्रह गरीएको कृतिको सफलताको कामना गर्दै अतिथि एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले कृति प्रवासमा अभिलेखको साथै भावी पुस्तालाई प्रेरणादायी हुने बताए|

कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले नेपाली भाषा र संकृतिको संरक्षण र संरक्षणमा एनआरएन अनेसाससँग मिलेर काम गर्न चाहेको बताउदै कविलाई बधाई दिए| त्यसैगरी एनआरएन आईसीसी सदस्य शिवकुमार बरुवाल, तुलसीनाथ सुबेदी, ध्रुब पौडेलले समेत शुभकामना दिएका थिए|

कार्यक्रममा कविहरू डिल्ली अम्माई, मोहन खत्री, दीपकज्योति पौडेल, विमल गिरी, राजकुमार पुडासैनी र धिर्कबहादुर मान मल्लले आ-आफ्ना कविता तथा मुक्तक वाचन तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए|

अनेसास बेल्जियम च्याप्टर प्रकाशक रहेको उक्त कविता संग्रहमा ३० वटा कविता संग्रहित छन्|अनेसास बेल्जियमका उपाध्यक्ष समेत रहेका कवि केसीद्वारा लिखित यो पहिलो कृति हो|