ककटेल साहित्यः सोमरस, नोवेल र पुलिट्जर

यो पनि एक अनुमान हो– लेखकहरु प्राय एक्लो हुन्छन्, त्यसैले पिउँछन् । प्रशिद्ध लेखका विलियम फल्कनर भनाइ छ– “म प्रायशः राति लेख्छु । सधैं मेरो ह्विस्की हातले भेट्ने ठाउँमा राख्छु ।”
नपिइ लेख्नै नसक्ने लेखहरु धेरै रहेछन् । नेपाली साहित्यमा पनि रक्सीको प्रभाव प्रसस्त छ । हरिभक्त कटुवालका वारेमा भनिन्छ– जव पिउँथे र लेख्न थाल्थे फूल जस्ता उनका सुन्दर सिर्जनाहरुमा वासना भरिन थाल्यो । भूपि शेरचनका कवितालाई पनि सोमरसको महकले अझ शक्तिशाली बनाउथ्यो रे ! आख्यान पुरुष ध्रुवचन्द्र गौतमाका आख्यानसँगै सोमरसको वखान पनि गर्छन जानकारहरु ।
लेखक जस्तै कति गायक नपिइ गाउनै सक्दैनन् । पछिल्लो समयमा स्वरसम्राट नारायण गोपालको गायनसँगै रक्सीको चर्चा निक्कै चल्यो । नपिई उनी गाउनै सक्दैन थे रे ! स्वरराज भक्तराज आचार्य पनि पिएर अझ राम्रो गाउँथे रे । सत्यता उहाँलाई थाह होला । नयाँ पुस्ताका नेपाली गायक पनि पियक्कड बनेका छन् ।
चर्चित अमेरिकी गायक फ्रान्क सिनात्रा भन्छन्– “रक्सी मान्छेको सबैभन्दा ठूलो दुस्मन हुन सक्छ तर बाइबलले त प्रेमलाई दुस्मन भनेको छ ।” अमेरिकी लेखिका क्याथरिन एपलगेट भने प्रेम नै रक्सी हो भन्छिन् । लेखिका डोरथी पार्कर पनि रक्सीको राम्रो पारखी मान्छिन् । उनी लेखनलाई मस्तिष्को शल्यक्रिया भन्छिन् । लेखन र रक्सीका बारेमा उनको भनाइ यस्तो छ– “मस्तिष्कको शल्यक्रिया भन्दा बरु एक बोटल पाए हुन्थ्यो ।”
सन् १९२५ का नोवोल विजेता आयरिस नाटककार वर्ज वर्नाड शाको भनाइ भने फरक छ– “एक चेतनाशून्य आवश्यकता हो रक्सी ।” शेक्सपियर पनि रक्सीलाई टाढै राख्थे । उनी भन्थे– “मेरो मस्तिष्क चोर्न म त्यो चोरलाई मेरो मुखमा पस्न दिन्न ।”
सामान्यतया धेरै र दिनहु जसो रक्सी पिउनेलाई जड्याहा भनिन्छ । किन हुन्छन् त लेखक जड्याहा ? के चेतनाशून्य भएर लेख्नका लागि पिउँछन् त लेखकले ? कि दार्शनिक लेखक वेन्जामिन फ्य्राक्लिन भने जस्तो “वाइनमा बुद्धि छ, वियरमा स्वतन्त्रता छ”, त्यही बुद्धि र स्वतन्त्रताका लागि पिउँछन् ?
रक्सी पिउनु खराबी हो तर पिएर लेख्नु खराबी हो कि हैन ?
“नसामा लेख, शान्त भएको बेला सम्पादन गर”– लेखनको असल साथी रक्सी नै हो भन्ठाने अर्नेस्ट हेमिग्वे (१८९९–१९६१) यसै भन्ने गर्थे । पिएर लेख्ने भएको हुँदा उनी मद्यपान ग्रन्थकारिताको पर्याय बनेका थिए । छोटा कथाका नामुद शिल्पिकार हेमिग्वेले कथा विधामा सन् १९५३ मा पुलिट्जर पुरस्कार र सन् १९५४ मा नोवल पुरस्कार पनि पड्काएका थिए ।
धेरै जसो पियक्कड लेखकले अकाल, मृत्यु, शंकास्पद मृत्यु तथा आत्महत्या जस्ता मृत्यहरु वरण गरेको पनि पाइन्छ । एकसठ्ठी वर्षको उमेरमा यिनले आफैले आफैलाई उडाए । यिनको मृत्युलाई “क्वाइट डेलिविरेट्ली” भनिएको छ ।

write drunk edit soberविलियम फल्कनर (१८९७–१९६२) अमेरिकी लेखक । नामी जड्याहाको सामाजिक उपाधि पाउने फल्कनरले सन् १९४९ को नोबेल र सन् १९५५ र १९६३(मरणोपरान्त) पुलिट्जर हत्याए । यी लेखकक “युद्ध र रक्सीका लागि मान्छे कहिल्यै गरीव हुदैन” भन्छन् । जीवनको दैनिकीमा आउने प्रेशरबाट उम्किन उनले रक्सीको सहारा लिएका थिए रे ! हर्ट एट्याक्टबाट उनको मृत्यु भएको थियो ।
द ग्रेप्स अफ वार्थ । जुन किताबले सन् १९४० मा पुलिट्ज पड्कायो । त्यही किताबका लेखक जोन स्टेनवेक्स जसले सन् १९६२ को नोवेल पड्काए । उनी पनि कम्तिका पियक्कड थिएनन् । यी महान् लेखक पनि रक्सीमै डुवाउँदा आफूलाई खुशी पाउँथै– “म हिंसात्म ढंगले बाँचेको छु । कि धेरै पिउँछु, कि धेरै खान्छु, कि कहिले खादै खान्न । यसैमा खुशी छु ।”
सन् १९२० मा पुलिट्जर हत्याए पछि सन् १९३६ मा नोवोल हत्याउने बोस्टन, अमेरिकका युजिन ओनिल (१८८८–१९५३) का लागि पनि लेखनमा रक्सी फ्यूल नै मानिन्थ्यो । “मात्नु बाहेक केही छैन, प्रश्न यही एउटा हो ।” सधैं मात्न रुचाउँथे यी प्रशिद्ध नाटककार । यी २४ घण्टे जड्याहा लेखकका लङ डे जर्नी इन टु नाइट, इन द जोन, वियोण्ड द होराइजन, द इम्पेरर जोन्स जस्ता किताबहरु अझै चर्चित छन् ।
छ पटक बिहा गरेर नौ सन्तानका पिता बनेका लेखक नोरमान मेलर (१९२३–२००७) पनि रक्सीका प्रिय थिए । उनी भन्थे– “रक्सीले मेरो मस्तिष्का धेरै सेलहरुलाई मारिसकेको छ । मेरो विचारमा त्यो बिना नै म राम्रो लेखक हुन सक्छु ।” सन् १९८० र १९९६ को पुलिट्जर पोल्टामा पार्ने यी लेखक धेरै रक्सी पिए पनि धेरै वर्ष बाँचे ।
नोवोल पछिको सम्मानित पुरस्कार पुलिट्जरलाई सगौरव वहिस्कार गर्ने लेखक सिन्क्लेयर लेविस (१८८५–१९५१) पनि औंलामा गनिने पियक्कड लेखकमा गनिन्थे । सन् १९३० को नोवोल पुरस्कार विजेता यी लेखकको मृत्यु रक्सीकै कारणले भएको थियो ।
रक्सीको लत छुटाउन उनका डाक्टरले मृत्यु वा रक्सी एउटा रोज्न दिए । मृत्युलाई सिधै र सहर्ष स्वीकार नगरे पनि उनले रक्सी छोड्न सकेनन् ।
नाटककार टेनेसी विलियम (१९११–१९८३) जसले सन् १९४८ र १९५५ मा गरि दुई पटक पुलिट्जर पाड्काए । यी पनि नाटक विधाका लागि अमेरिकामा एक हस्ती मानिन्छन् । “मृत्यु एउटा बाटो हो भने रक्सी अर्को ।” मृत्यु र रक्सीमा अन्तरसम्बन्ध देख्छन् यी स्रष्टा । आत्महत्या जस्तै एउटा अस्वाभाविक मृत्युवरण गरेका यी लेखकको क्याट अन अ हट टीन रुफ ज्यादै चर्चित भएको किताब हो ।
“भगवानको स्वर र स्वरुप पनि वियर जस्तै कोमल, पूर्ण र खैरो छ” भन्ने अमेरिकी लेखिकाका लागि पनि लेखनसँगै वियर र सिगरेट फेभरेट ड्रिङ्क्स र स्मोकका रुपमा रहेका थिए । बोस्टन नजिकैको न्यूटनमा जन्मिएकी एन सेक्सटन (१९२८–१९७४) लाई समयले धेरै समय नदिए पनि छोटो समयमा धेरै र राम्रो लेखेर ख्याति कमाइन् । सन् १९६७ को पुलिट्जर पोल्टामा हाल्ने यी लेखिकाले पनि आत्महत्या गरेकी थिइन् ।
द ग्रेट ग्याट्सवी ! जसले १९३० को दशका अमेरिकी साहित्य बजारमा तहल्का मचाएको थियो । धरतीमा ज्यादै छोटो अनुमति लिएर आएका यी रक्सी प्रेमी लेखकको चवालिस वर्ष मै चोला उठ्यो । एफ स्कट फिटजेरल्ड (१८९६–१९४०) भन्थे– “पहिले तिमी रक्सी लिन्छौ, त्यसपछि रक्सीले रक्सी लिन्छ र त्यसपछि रक्सीले तिमीलाई लिन्छ ,”
अर्का नामी पियक्कड लेखक जसलाई गोन्जोको जनक भनिन्छ । गोन्जो, अर्थात पत्रकारिताको एक विधा । अमेरिकी पत्रकार तथा लेखक हन्टर थम्पसन (१९३७–२००५) ले सन् १९७० मा गोन्जो जर्नालिजम जन्माए । क्षमताका सामू सबै पराजित हुन्छन् । यी यस्ता क्षमतावान् लेखक थिए जसले हाइस्कुलको शिक्षा पनि पुरा गरेका थिएनन् । उनको मृत्युलाई ‘सेल्फ इफ्लिक्टेड’ अर्थात आत्महत्या नै भनिएको छ । पछिल्लो समयमा उनी अति नै डिप्रेस भएका थिए ।
रक्सी, आइमाई, जुवा र लेखनलाई मूल कथा वस्तुभित्र समेटर चार्लस् वुकोस्वी (१९२०–१९९४) ले हट वाटर म्युजिक भन्ने किताब लेखे । जुन किताबले यी जर्मन लेखकलाई विषयवस्तुका दृष्टिले एक असल लेखकका रुपमा स्थापित गरायो । पिउनु र लेख्नुलाई जीवनको गौरव ठान्थे यी लेखक । संसारका नामी पियक्कडमा गनिन्थे यी पनि ।
प्रश्न उब्जिएको छ, मर्ने गरि नै किन पिउछन् त लेखकहरु ?
निश्चय नै लेखन एक कठिन कार्य हो । लेख्ने समयमा त्यो लेखकले लेख्ने भन्दा अरु केही गर्न सक्दैन । लेखनमा सबैभन्दा महत्वपूर्ण पक्ष मनको एकाग्रता नै हो । लेखनका समयमा लेखकले एकाग्रताका बाटाहरु व्यायाम, योग, गाँजा, च्याउ, अफिमको प्रयोग गर्न नसक्ने हुनाले पनि रक्सीको प्रयोग सहयोगी भएको कुरा ग्रेटवाल रोयल अस्पताल, ग्रेट व्रिटेनका मनोविज्ञ डा. लेइन स्मिथको भनाइ रहेको छ ।
कतिपय लेखक मनले लेख्छु भन्छन् मस्तिष्कले लेख्न सक्दैनन् । यस्तै बेलामा लेखक नितान्त एक्लो हुन्छ । उसलाई साथी चाहिन्छ । धेरै लेखकको लेखनको त्यो साथी हुन्छ रक्सी । भुक्तभोगी लेखकहरुको भनाइ पनि यस्तै रहेको छ ।
लेखनको बाटोलाई डिप्रेशनले नछेकोस् भनेर पनि कति लेखकहरुले पिउने गरेको अनुमान गरिन्छ । धेरै जसो लेखकहरुको जीवनसँग डिप्रेसन जोडिएको पनि पाइएको छ । डिप्रेशनका शिकार भएका लेखकका लागि अल्कोहल एक हतियार भएको छ– बाँच्नका लागि र आफूले आफूलाई मार्नका लागि ।
लेखकका वास्तविकताले मान्छेभित्रको इच्छा र शक्तिलाई मुखरित गर्ने अर्को शक्ति रक्सी हो भन्ने पनि देखाउँछ । लेखकहरु समस्या, विषय र वस्तुसँग एकदम नजिक हुन्छन् । उनीहरुका लेखनमा ती सबैले तनावपूर्ण तरिकाले ‘डिल’ गरिरहेका हुन्छन् । पिउनुको एक कारण यो पनि हो भन्ने विज्ञहरु पनि छन् । उनीहरुले भनेका छन् – “रक्सीले शक्तिशाली भ्रमको गहिरो अनुभूति पनि दिन्छ ।”
के छ त रक्सीमा ? किन कोही लेखक पिएर लेख्छन् र नोवेल, पुलिट्जर जस्ता पुरस्कार पड्काउँछ ? अनि किन कोही भने उत्ताना टाङ्ग लाएर सुत्छन् ? यो प्रश्नले अझै उत्तर खोजिरहेको छ ।
– शिव प्रकाश
हालः बोस्टन, अमेरिका ।

आभार- नेपाली मनहरू