ए नयाँ बर्ष !

Hari fotoआज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको
नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको
तर क्यालेनडरका दिनमात्रै अघि बिकाश उही धेरै पछाडीनै
महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध फोहोर जस्ताको तस्तै
 
नयाँ बर्ष, यो बर्ष तिमि, आमाको  रगत चुस्ने कुनैपनि राक्षसहरुलाई नलिईकन
नयाँ बर्ष, यो बर्ष तिमि, देश बिगार्ने सबै नरपिचासहरु बागमतिमा बगाईदेउ
नयाँ बर्ष, यो बर्ष तिमि, नयाँ जोश, नयाँ उमंग, नयाँ बिहानी लिएर आउ
दिक्क दाक्क, वाक्क इक्क, भएका सम्पूर्ण नेपाली अनुहारमा मुस्कुराहट लिएर आउ 

हरीकृष्ण श्रेष्ठ
गोकर्ण
हाल: ब्रसेल्स