एनआरएनको युरोप बैठक फ्र्यांकफर्टमा

गैर आवासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन जुलाई २९ र ३० मा जर्मनीको फ्र्यांकफर्टमा हुँदैछ । ‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता’ भन्ने नाराका साथ हुने सो भेला एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बताइएको छ ।

भेलामा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थिति रहने अपेक्षा गरिएको छ । सम्मेलनको निम्ति विभिन्न तयारी समितिहरू गठन गरिएका छन् ।