एन. आर. एन. फ्रान्समा घनश्याम पौडेल निर्विरोध

NRN franceएन आर एन फ्रान्सको अध्यक्षमा घनश्याम पैाडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै आइ सी सी प्रतिनिधिमा मिनबहादुर जि. सी. छानिएका छन् ।

२८ अगस्ट बुधवार भएको एन आर एन फ्रान्सको निर्वाचनमा उपाध्यक्षमा सुवर्णविक्रम हमाल ठकुरी तथा महासचिवमा भक्तबहादुर वाग्ले निर्वाचित भए । त्यसैगरी, सचिव- अनिल गुरूङ, कोषाध्यक्ष- नरेन्द्र शाही, सह-कोषाध्यक्ष- मिनबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्यहरूमा शिव पराजुली, विक्रम खाँड, अनुज उपाध्याय र राजीव के. सी. छानिएका छन् । महिला प्रतिनिधिमा रोशनी हमाल बानियाँ र युवा प्रतिनिधिमा एकबहादुर मल्ल रहेका छन् ।

अरु देशका एन आर एन सँघमा झमेला भएता पनि फ्रान्समा भने सवै पदमा निर्विरोध भएको छ । हरिहर अर्यालको संयोजकत्वमा मुकुन्दमान अमात्य र शैलेन्द्रकुमार महर्जन सदस्य रहेको निर्वाचन समिति बनेको थियो ।