एनआरएन सचिवमा अर्जुनकुमार श्रेष्ठ विजयी

गैर आवासीय नेपाली संघ(एनआरएन)को सचिवमा अर्जुनकुमार श्रेष्ठ बिजयी भएका छन। विहिवार सम्पन्न निर्वाचनमा arjun
उनले ३९१ मत प्राप्त गरेका छन। प्रत्यासी  धरमबहादुर केसीले १६९, गणेश केसीले ३१६ र  सुरेन्द्रप्रसाद श्रेष्ठले १८२ मत प्राप्त गरेका  थिए।

बेल्जियम निवासी युवा व्यावसायी अर्जुनकुमार श्रेष्ठ बिगत १० बर्ष देखि एनआरएन अभियानमा समाहित भएका थिए । सन् २००९ देखि एनआरएनका बिभिन्न पदमा रहेर सफलतापूर्वक कार्य गरेका श्रेष्ठ एनआरएनमा लगातार बिजयी हुदै आएका छन । सन् २००९-०११ र २०११-०१३ गरी लगातार दुइ पटक बेल्जियमबाट आइसीसी सदस्यमा निर्वाचित भएका थिए । सन् २०१३-०१५ को लागी युरोप क्षेत्र संयोजकमा निर्वाचित भएका थिए ।

युरोप क्षेत्र संयोजकको रुपमा उनको कार्यकाल सफल रहन गयो। युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद् बिचमा उनले समन्वयकारी भूमिका निर्वाह गर्न सफल रहेका थिए। नेपालको राजनितिकं एंव सामाजिक रुपान्तरणको लागी एनआरएन भूमिकामा उनि सक्रिय थिए । युरोपमा नेपाल प्रवर्द्धनको लागी विभिन्न कार्य गरेका श्रेष्ठ युरोपका नेपालीहरुद्वारा नेपाली भाषा-साहित्य, कला-संस्कृति, पर्यटन र कुटनीति प्रवर्द्धनका लागी गरिने कार्यमा सधै सहयोगीको रुपमा रहदै आएका छन्।  श्रेष्ठले एनआरएन युरोप क्षेत्रबाट भएका गतिविधिलाई अभिलेखको रुपमा युरोप पुस्तिका समेत प्रकाशन  गरेका छन ।