एनआरएन सँघले पठाएको राहत सामाग्री गोरखा, काभ्रे र लमजुङमा

गैरआवासीय नेपाली संघ एनआरएनले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ ।

संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गरेका थिए ।

संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल पठाइएको छ ।

यसैगरी काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल पठाएको छ ।

यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल पठाएको छ ।

ती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयको रोहबर र सिफारिसमा प्रशासनले तोकेका गाउँहरुमा गैरआवासीय नेपाली संघले प्रत्यक्ष रुपमा राहत बितरण गर्ने छ ।

NRNA help teamसंघले शुक्रबार पहिलोपटक सिन्धुपाल्चोकमा राहत सामाग्री वितरण गरेको थियो । जहाँ एक हजार थान कम्बल, एक हजार थान पाल, एक हजार कार्टुन चाउचाउ र एक हजार किलो चामल बितरण गरिएको थियो ।

गैरआवासीय नेपाली संघले करिव १० हजार परिवारलाई तात्कालिक राहत प्रदान गर्ने र दोस्रो चरणमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा केन्द्रीत हुने योजना बनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बताए ।