एनआरएन युरोप सम्मेलन शुरु

denmarkगैर आवासीय नेपाली संघ युरोप क्षेत्रको नवौ क्षेत्रीय बैठक र सातौ महिला सम्मेलन डेनमार्कको राजधानी कोपेनहेगनमा शुरु भएको छ ।  राजधानी स्थित होटल हिल्टनमा शुरु भएको कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, सस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष एंव संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट, सचिव अर्जुनकुमार श्रेष्ठ लगायत युरोपेली २० मुलुकका झन्डै २०० प्रतिनिधिहरु सहभागी भएका छन ।

‘युरोपका नेपालीका अभियान: लगानी, पुनर्निर्माण र पर्यटन’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनको क्रममा वक्ताहरुले एनआरएन नेपालको आर्थिक सहयोगी बन्नु पर्ने बताएका छन । कार्यक्रममा सहभागी नेपाल उघोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारक, व्यवसायी चन्ऽ ढकालले नेपालमा लगानी गर्नको लागि अवसरको कुनै कमि नरहेको उल्लेख गर्दै  एनआरएन पार्टनको खोजीमा भए आफुहरुले सहयोग गर्न सक्ने बताए ।

सम्मेलनका क्रममा युरोपेली मुलुकमा स्थापित राष्ट्रिय समन्वय परिषदका गतिबिधि, नेपालीहरु बिचमा रहेका साझा समस्या र चुनौतीहरु, भूकम्प पछिको पुनर्निर्माणमा एनआरएनको भूमिका, स्वेदशमा लगानीका साथै विदेशमा सिकेको सिप र ज्ञानलाइ भित्राउने जस्ता विषयहरुमा  छलफल गरिने बताइएको छ ।

बैठक संग संगै आयोजना गरिएको सातौं महिला सम्मेलनमा महिला शसक्तिकरणको विषयमा छलफल गरिने भएको छ। सम्मेलन भोलि सम्म चल्ने छ ।