एनआरएन बेल्जियमको मतगणना शुरु, मिश्रित परिणाम आउन सक्ने

एनआरएन बेल्जियमको पाचौ कार्यकालको लागी आइतवार सम्पन्न निर्वाचनको मतगणना बेल्जियमको अन्त्वेर्पेंनमा शुरु भएको छ ।जम्मा खसेको १७६१ मत मध्ये सोमवार बिहान ५ बजे सम्म झन्डै ४५० को हाराहारीमा मत गणना भै सकेको छ ।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा गंगाधर गौतम २०२, सरु चापागाई १७९ र गडुल ध्वज गुरुङले  ४२ मत प्राप्त गरेका छन । त्यसै गरी महिला उपाध्यक्षमा यशोदा सुबेदी २१४ र नन्द कुमारी गुरुङले १७९ मत प्राप्त गरेका छन् ।11111

महासचिबमा यामु निरौला १९८ र अर्का प्रत्यासी लोक प्रसाद दाहालले १७६ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदका आङमाया लामा १९८ र  रेणु गुरुंगले १६४ मत प्राप्त गरेका छन ।

त्यसै गरी आईसीसी सदस्यका लागी किसन केसी १४०, गोपाल सिम्खडा १५८ , चिज कुमार श्रेष्ठ २४१ र नेत्र बहादुर मगर १८५ मत प्राप्त गरेका छन् । सबै उम्मेदवारहरु बिच चर्को प्रतिस्पर्धा भैरहेको छ।
यस अघि नै मिन्द गुरुङ र कृष्ण प्रसाद पराजुली निर्बिरोध निर्वाचित भैसकेका थिए । पाच मतदान क्षेत्रका पाच मतपेटिकालाई छुट्टा छुटै पाच ठाउमा राखी मतगणना जारी राखिएको छ । मतगणना आइतवार राती १२ बजे बाट शुरु गरिएको थियो भने सोमवार बिहान १० बजे सम्म अन्तिम परिणाम आउन सक्ने निर्वाचन समितिका सदस्यले बताएका छन् ।