एनआरएन बेल्जियमको नेतृत्वमा गंगाधर गौतमको उम्मेदवारी

यहि अगस्तको अन्तिम साता सम्पन्न हुन गैरहेको एनआरएन बेल्जियमको पाचौ कार्यकालकोलागी गंगाधर गौतमले gangaआफ्नो उमेदवारी घोषणा गरेका छन। नेपालमा रहदा युवा राजनीतिमा सक्रिय रहेका गौतम झन्डै १२  बर्ष देखि बेल्जियम बसोवास गर्दै यहाको नेपाली समाजमा सामाजिक रुपमा घुलमिल भएका छन।

एनआरएनको स्थापनाकालदेखि सस्थाको सस्थागत बिकाशको लागी योगदान गर्दै आएका गौतम एनआरएन बेल्जियमको उपाध्यक्ष, सल्लाकार हुदै हाल केन्द्रिय कार्यदल सदस्य रहेका छन। बेल्जियमका स्थापित सस्थाहरु मध्ये  सबै भन्दा बढी सदस्य रहेको जन सम्पर्क समितिले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको नेतृत्वलाई समर्थन गर्ने जनाएको छ।

नेपाली जनसंपर्क समिति बेल्जियमको प्रेस विज्ञप्ति

१) प्रवासको बसाईमा नेपाली नेपालीहरुको एकता, सहकार्य र पारस्परिक सहयोगले नेपाल र नेपालको प्रवद्र्धन ज्यामितीय मोडबाट हुन्छ । जुन सुकै तह, क्षेत्र र माध्यम भए पनि सामाजिक सेवाको अन्तिम लक्ष्य नेपाल र नेपालीहरुको हित र सेवा कै लागि हुनुपर्दछ । हामीले हाम्रो सामुहिक विवेकको प्रयोगबाट प्रवासमा पनि सौम्य र सभ्य समाजको निमार्ण गर्ने परिदृश्य सवै राजनैतिक, सामाजिक, सामुदायिक तथा भौगोलिक संघसंस्थाहरुलेमुल मन्त्रको रुपमा सामुहिक हितका पक्षमा हुनुपर्दछ भन्ने कुरा नेपाली जनसंपर्क समितिको स्पस्ट धारणा छ । यहि सामुहिक हितका लागि नेपाली जनसंपर्क समिति बेल्जियमले विगत १५ वर्षबाट नेपाली समाज बेल्जियममा सहयोग र समन्वय तथा सहकार्य गर्दैआइरहेकोछ । यस संगठनले सहअस्तित्व र सवैको भावाना तथा मर्मलाई यथोचित संवोधन गर्ने कार्यनिति पनि बनाउँदै आइरहेको स्पस्ट पार्न चाहान्छौं ।

२) गैर आवासीय नेपाली संघ बेल्जियमको पाँचौ अधिवेसनलाई भव्य र व्यवस्थित बनाउन र यसप्रतिको जनमानसको स्वामित्व, र चासोलाई अझै अभिवृद्धि गर्न गराउनको लागि आगामी अगष्ट २३ र अगष्ट ३० मा हुन गैरहेको अधिवेसनलाई भव्य रुपमा संपन्न गराउनको लागि नेपाली जनसंपर्क समिति बेल्जियमले आफ्नो सवै संयन्त्रलाई परिचालन गर्ने छ । गैर आवासीय नेपाली संघ बेल्जियमको पंजिकृत सदस्यता वितरण तथा नविकरणमा सहयोगर्न र अन्य व्यवस्थापिक कामहरुमा सहयोग गर्न हामी सवै जनसंपर्क संबद्ध साथीहरुमा हार्दिक अपिल गर्दछौं ।

३) नेपाली जनसंपर्क समिति बेल्जियमले अवको गैर आवासीय नेपाली संघ बेल्जियमको एनआरएन लाग्न’भएका र २००६ २००८ गैर आवासीय नेपाली संघ बेल्जियम को स्थापना काल देखी नै उपाध्यक्ष , सल्लहाकार र हाल केन्द्रिय कार्यदलमा रहि कालबाट नै यस अभियानमा लाग्नुभएका श्री गंगाधर गौतमको उमेद्वारीलाई सहयोग गर्ने स्पस्ट पार्न चाहान्छौं । नेपाली जनसंपर्क समिति भित्रका धेरै मित्रहरुले आगामी एनआरएनको नेतृत्वको लागि समर्थनको अपेक्षा गरिनुलाई समितिले अत्यन्तै सकरात्मक रुपमा लिएको छ । समाज सेवाका लागि देखाइएको सवै इच्छ्या शक्ति र तत्परतालाई नेपाली जनसंपर्क समिति बेल्जियम खेर जान नदिइ उचित स्थानमा संवोधन व्यक्त गरिने प्रतिवद्धता व्यक्त गर्दछौं । पाँचौ अधिवेसन पश्चात उहाँको नेतृत्वले एनआरएन बेल्जियमको संस्थागत विकास नयाँ शिरामा प’नेछ भन्ने हामीलाई लागेको छ । श्री गंगाधर गौतमको नेतृत्व, निति तथा कार्यक्रमहरुलाई साझा र सर्वसम्मत बनाउन आपसी छलफल, वार्ता र संबादका लागि लागि बेल्जियममा रहेका सवै एनआरएनका अभियान्ताहरु, राजनैतिक, सामाजिक संघसंस्था, भाषिक, साँस्कृतिक संरक्षणका लागि स्थापना भएका संघसंस्थाहरु, पत्रकार मित्रहरु, र समग्र नेपाली समुदाय बेल्जियमलाई नेपाली जनसंपर्क समिति हार्दिक आग्रह तथा अपिल गर्दछ ।

सन्तोस जोसी ( सुवास )
अध्यक्ष
नेपाली जनसंपर्क समिति, बेल्जियम
मिति – १२ जुलाई २०१५