एनआरएन बेल्जियमको अध्यक्षमा चेतप्रसाद भट्टको उम्मेदवारी

अगस्तको अन्तिम साता हुन गैरहेको गैर आवासीय नेपाली संघ बेल्जियमको नेतृत्वको लागी एनआरएन बेल्जियमका gobind bhattaवर्तमान सल्लाहकार चेतप्रसाद भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

उम्मेदवारी घोषणा सगै उनले नेपाली समुदायको एकताको लागी एनआरएन सहमति समितिद्वारा गरिने सबै निर्णय प्रति सहयोग र समर्थन रहने उल्लेख गरेका छन ।

संस्थाको आदर्श र गरिमाको सम्मान गर्दै अगाडी बढ्ने उल्लेख गर्दै आफ्ना प्रतिवद्धता समेत जाहेर गरेका छन ।

१, बर्तमान कार्यसमितिले सृजना गरेको  राहत कोषलाई अभिबृद्धि र संस्थागत गर्ने ।

२, नेपालको पुनर्निर्माणमा सकृय भूमिका निर्बाह गर्ने ।

३, बेल्जियममा नेपाल हाउसको लागि पूर्वधार निर्माण  र नेपालको लागि एनआरएन मुख्यालय निर्माणमा सकृय सहयोग गर्ने ।

४, राष्ट्र, राष्ट्रियता र प्रबाशमा नेपाललाई चिनाउन एनआरएन सेतुको भूमिकामा रहेकै छ अझ नयाँ पूस्तालाइ एनआरएन अभियानमा ल्याउन उनिहरुलाई मूलधारमा ल्याउने र त्यसको निम्ति नेत्रित्व बिकास गर्ने ।

५, भाषा, भेष भुषा, कला, साहित्य, संस्कृति र खेलकूद प्रति युवा पूस्ताको रुची बढाउन र तिनको प्रबर्द्दन गर्न बिशेष कार्यक्रम ल्याउने। भलिबल प्रतियोगितालाई निरन्तरता दिदै यूरोप स्तरिय फुटबल प्रतियोगिता सम्पन्न गर्न गराउन आबस्यक कोष खडा गरी प्रभाबकारी कार्यक्रम तर्जूमा गर्ने ।

६, संचार जगतलाई एनआरएन अभियानको मूल प्रबाहमा सरिक गराउन सम्मानपूर्बक कार्यक्रम तय गर्ने ।

७, प्रबाशमा हामी पहिलो गैर आबासिय नेपाली हौँ, त्यस पछी मात्र हामी राजनितिक, धार्मिक, जातिय, छेत्रीय रूपमा संगठित छौं । सबैको साझा संस्था एन आर एनले संगठित सबै संघ संस्था समूहहरुको पहिचान, मुल्य मान्यतामा हार्दिक सम्मान गर्दै नेपाल र नेपालीको सर्बँगिण क्षेत्रको बिकासमा कटिबद्ध रहने ।

८, बिशेष परिस्थितिजन्य अवस्थामा संस्थाको हितमा  अघी बढ्न बेल्जियम स्थित सबै संघ संस्था र समुदाय सँग घनिभूत छलफल परामर्श गरेर  समय सापेक्ष निर्णय गर्न तत्परता देखाउने ।