एनआरएन बेल्जियमको अधिबेशन हुदै

गैर आवासीय नेपाली संघ बेल्जियमको पाचौ अधिबेशन अगस्तमा हुने भएको छ । हरेक दुई/दुई बर्षमा हुने अधिबेशनको NRNA Belgiumलागी संघले  सदस्यता आब्हान गरेको छ ।नयाँ सदस्यता लिने र पहिल्यै बनिसकेका सदस्यको नविकरणको लागी जुलाई ३१ सम्मको समय सिमा तोकेको छ। सदस्यता संकलनको लागी बिष्णु सापकोटा संयोजक रहने गरी बेल्जियमका लुभेन, अन्त्वेर्पेंन, ब्रसेल्स, गेन्ट र ब्रुज/ओष्टंडे गरी पाच क्षेत्रमा उप संयोजकको समेत चयन गरेको छ । लुभेन क्षेत्रका लागी रामहरी घिमिरे, आन्त्रोपेन क्षेत्रका लागी हेमराज सापकोटा, ब्रसेल्स क्षेत्रका लागी  अर्जुन धिमिरे, गेन्ट क्षेत्रका लागी  कृष्ण पराजुली र
ब्रुगे/ओस्टन्डे क्षेत्र मोहन राउत सम्पर्क व्यक्तिको रुपमा रहेका छन ।
संघको नया सदस्यताको लागी निवेदन शुल्क यूरो १५ र नबिकरणको लागी यूरो १० रहेको छ।

सदस्यता लिन देहाय बमोजिम हुनु पर्ने एनआरएन बेल्जियमले जनाएको छ ।

१) संघको नया सदस्यता निवेदनको लागी २ बर्ष बेल्जियममा स्थाई/अस्थाई रुपमा बसोबास गरेको हुनुपर्ने । साथै दुई बर्ष भन्दा बढी पेशा, रोजगारी वा ब्यवसाय गरी बसेका नेपाली नागरिक तथा नेपाली मूलका बिदेशी नागरिक निजको हजुर-बुवा हजुर-आमा, बाबु आमा, नेपाली नागरिक रहेकोले सदस्यताको लागि आबेदन दिन सक्नेछन ।

२) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदनको लागी १८ बर्ष पुरा गरेको हुनु पर्ने छ । सन् १९९७ को जुलाई ३१ भन्दा अगाडि जन्म भएका ब्यक्तिले सदस्यताका लागि आबेदन दिन सक्नेछन ।
३ ) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता आबेदनको लागि बेल्जियममा कम्तिमा पनि २ बर्ष बसोबास गरेको प्रमाण खुलेको (ID-Card/Passport/Annex ) को फोटो कपी र दस्तुर शुल्क सहित पेश गर्नु पर्ने छ । फारम संगै दुइ प्रति पासपोट साईजको फोटो अनिबार्य हुनु पर्नेछ ।
४ ) नेपाल देखि बेल्जियममा अध्ययन गरिरहेका नेपाली बिध्यार्थीहरु र कुट्नितिक नियोगका कर्मचारी तथा तिनका परिवारले गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यताको लागी निवेदन दिन पाउने छैनन् ।
५ ) NRN ICC ले पारित गरेको नया विधान अनुरुप NCC हरुलाई निर्देशन गरेको बिधान बिपरित रीत पुगेका सबै गैर आवासीय नेपालीहरुले NRNA NCC बेल्जियमको आवेदन फारम पेश गर्न सक्ने छन ।
६ ) रीत नपुर्याई अस्पष्ट कागजात सहित पेश गरिएको निवेदनलाई खारेज गरिने छ ।
७ ) सदस्यता आबेदनका लागि क्षेत्रीय प्रतिनिधिलाई स्वयं उपस्थित भएर बुझाउनु पर्नेछ । आँफै उपस्थित हुन नसकेमा एक घरको परिवारका सदस्य तथा ‘रूम पार्ट्नर’ले फारम बुझाउन सक्नेछन । समूहगत रूपमा सादस्यता आबेदन फारम बुझाउन पाईने छैन ।
८ ) गैर आवासीय नेपाली संघ बेल्जियमको माथि उल्लेख गरिएको अन्तिम मिति सम्म सदस्यता फारममा उल्लेख गरिएका सबै विवरण भरेर बुझाउनु पर्नेछ ।
९ ) प्रकृया पु-र्याएर आएका सदस्यताका निवेदनहरुलाई अन्तिम रूजु गर्ने अधिकार समितिमा निहित हुन्छ र निजले चुनावी प्रकृयामा भाग लिन पाउने छन ।
१०) प्रारम्भिक सदस्यता र जुनियर एनआरएन ए सदस्यताका लागि यो समितिले आबेदन लिने छैन । त्यस्तो सदस्यता कार्य समिति आँफैले ब्यबस्थापना गर्नेछ ।
११ ) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता प्राप्त गरेका सदस्य हरुलाई सदस्यता कार्ड क्षेत्रीय उप-संयोजक द्वारा सम्वन्धित क्षेत्रमा वितरण गरिने छ ।
गैर आवासीय नेपाली संघ बेल्जियमको पाचौ अधिवेशनलाई ध्यानमा राखी स्थाई रुपमा आगामी १ जूलाई देखि ३० अगष्ट सम्म सस्थाको अधिवेशन सम्वन्धित काम कारवाही को लागी Diestsesteenweg 65, 3010 Kesselo-Leuven मा खोलिएको कार्यालयमा गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदन फारम बुझाउन पनि एनआरएनले जनाएको छ ।