एनआरएन बेल्जियमका नव-निर्वाचित अध्यक्षद्वारा धन्यवाद ज्ञापन

एनआरएन बेल्जियमका नव-निर्वाचित अध्यक्ष गंगाधर गौतमले निर्वाचित भए लगत्तै प्रेस बिज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेका छन् । उनले निर्वाचन कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै निर्वाचनको क्रममा आफ्नो टिमलाई समर्थन गर्ने नेपाली जनसंपर्क समिति, जनप्रगतिशिल मंच, संघिय समाजवादी पार्टि बेल्जियम, बाग्लुङ समाज वेल्जियम लगायत बेल्जियमका विभिन्न नेपाली संघसंस्थाहरु र समग्र नेपाली समुदाय प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले प्रत्यासी सरु चापागाईंलाई समिति भित्र ल्याउने इच्छा समेत प्रकट गरेका छन् ।

अध्यक्षद्वारा जारी प्रेस बिज्ञप्तिgangadhar gautam

गैर आवासीय नेपाली संघ बेल्जियमको पाँचौ अधिवेसन अन्तर्गत गत ३० अगस्तमा भएको निर्वाचनमा आफ्ननो अमुल्य मत दिएर निर्वाचित गराउनु भएकोमा गैर आवासीय नेपाली संघ बेल्जियका सवै पंजिकृत सदस्यहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु। म लगायत सम्पुर्ण टिमलाई समर्थन गरिदिने नेपाली जनसंपर्क समिति, जनप्रगतिशिल मंच, संघिय समाजवादी पार्टि बेल्जियम ,बाग्लुङ समाज वेल्जियम लगायत बेल्जियमका विभिन्न नेपाली संघसंस्थाहरु र समग्र नेपाली समुदाय प्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु।

निर्वाचनलाई सभ्य, भव्य, निश्पक्ष र स्थापित मान्यताका आधारमा संपन्न गराउने निर्वाचन समिति,केन्दिय एवं रास्टिय निर्वाचन अनुगमन समिती, निर्वाचन प्रकृयामा सघाउ पुर्याउने व्यक्तित्वहरू, पत्रकार मित्रहरु र एनआरएन अभियानका अग्रजहरुलाई अन्तरह्दयबाट नै धन्यबाद दिन चाहान्छु।

निर्वाचनलाई जितहार भन्दा पनि केवल निर्णय प्रकृयाका रुपमा बुझिदिन म समग्र बेल्जियममा रहेको नेपाली समुदायलाईअनुरोध गर्दछु। एनआरएनएको संस्थागत विकास र हितका लागि मेरो प्रतिस्पर्धी मित्रहरुको सहयोग अपरिहार्य रहने छ । तसर्थ, मेरा प्रतिपर्धी मित्रहरुलाई हातमा हात मिलाएर संगै अगाडि बढ्नको लागि आव्ह्रान गर्दछु। मेरा निकटतम प्रत्यासी सरस्वती चापागाईंलाई संस्थाको विधानमा अध्यक्षलाई प्रदत्त अधिकार बमोजिम समितीको  सदस्य पदमा मनोनित गर्ने प्रस्ताव गर्दछु ।  जानकारी गराउन चाहान्छु । सामाजिक सेवाको भावले उत्प्रेरित भै निर्वाचन प्रकृयामा सहभागी अन्य सवै मित्रहरुलाई संस्थाको हितका लागि उहाँहरुको भावाना, मर्म तथा विचारहरुलाई उपयुक्त संवोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

हामीले आफ्नो २ वर्षे कार्ययोजनाको रुपरेखा यसपुर्व नै सार्वजानिक गरेका छौं । हाम्रा लक्ष्य तथा उद्धेश्यहरु पुरा गर्नको लागि सवैको रचनात्मक तथा वस्तुगत सहयोगको लागी हार्दिक आव्हान गर्दछु।

अन्तमा, मलाई र सम्पुर्ण समुहलाई निर्वाचित बनाउन अन्तरस्करणबाट सहयोग गर्ने मेरा सवै मित्रहरु, परिवार, शुभचिन्तकहरुको सहयोग अमुल्य भएको महसुस गरेको छु। यहाँहरुको विना सर्त सहयोगलाई सदैव उच्च मुल्याँकन गर्दै सामुहिक हितमा यहाँहरुको विश्वासलाई परिचालन गर्ने विश्वास दिलाउन चाहान्छु। साथै नवनिर्वाचित सवै मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । जनादेशको उच्च सम्मान गर्दै प्रस्तुत प्रतिवद्धताहरु पुरा गर्नका लागि गम्भिर भएर कार्यसम्पादनमा अग्रसर हुन समेत अनुरोध गर्दछु।

गंगाधर गौतम

नवनिर्वाचित अध्यक्ष

एनआरएन बेल्जियम

मिति – १ सेप्टेम्बर २०१५