एनआरएन पोर्तुगलको चौथो अधिवेशनमा ‘कब्जा’ को कुरा

एनआरएन पोर्तुगलको चौथो अधिवेशन गत आइतबार भव्यताका साथ सम्पन्न भयो । अधिवेशनमा रमेशकुमार गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिको घोषणा गरिएको छ ।

Nrn por2013जनप्रगतिशील मञ्च र जनजाति महासँघले निर्मावाचन प्रकृयामा भाग लिएका थिएनन् । अधिवेशनमा भाग लिएकाहरूले एनआरएन पोर्तुगलको निर्वाचन वहिष्कार गरेकाहरुको कडा आलोचना गरे । उनीहरुका अनुसार असन्तुष्टहरुले सदस्यता बढाउनका लागि कुनै पहल गरेनन्, सिर्फ पद नपाएकोमा अँगुर अमिलो देखे । प्रजातान्त्रिक पद्धति अनुसार प्रतिष्पर्धामा आउनुपर्ने जिकिर गरे । यस्तो मन्तव्य राख्नेहरुमा आइसीसी सदस्य पूर्ण हमाल, जनसम्पर्क समिति अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, कला परिषद अध्यक्ष कुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्चका सुवास अधिकारी र जातीय उत्पीडित समाजका प्रेम नेपाली थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन युरोपका संयोजक कुमार पन्तले एनआरएन हुनेखानेको मात्र नभइ सबै प्रवासीहरुको साझा सङ्गठन हुनुपर्ने बताए । सबैतिरको एनआरएन सहमतिमा बन्नुपर्ने चाहना राखे । नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष राम गौचनले एनआरएन पोर्तुगलको चौथो कार्यसमिति गठनमा आधाभन्दा बढी मतदाताहरुको समर्थन रहेका शक्तिलाई बाइपास गरेकोमा गुनासो पोखे । एनआरएनप्रति आकर्षण नहुनुको कारण एनआरएनलाई सधैँ मेरै मात्र बनाएर कब्जा गर्ने प्रव्रिति हावी भएको तर कहिल्यै हाम्रो बनाउँ भन्ने वुद्धि नफिरेको आरोप लगाए ।

अधिवेशनमा सह-सचिव सोनाम लामाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र अमागाइँद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको छ ।
अर्कोतर्फ, जनजाति महासंघ र जनप्रगतिशील मञ्चले नव निर्वाचित कार्यसमितिप्रति पूरै असहयोगको नीति अपनाउने बताएको छ । आफ्नो कब्जा हुन नसकेकोमा उनीहरूको चित्त दुःखाइ रहेको बताइन्छ । अहिले बनेको समिति काँग्रेस समर्थक जनसम्पर्क र एमाले समर्थक प्रवासी मञ्चको गठजोड रहेको छ । खासगरि सदस्यता सँख्यादेखि पद बाँडफाँडसम्म एनआरएन पोर्तुगलमा जनसम्पर्क हावी रहेको छ ।
एन.आर.एन. पोर्चुगलको अध्यक्षमा रमेश कुमार गुरुङ र आई सी सी सदस्यमा सुर्य हमाल लगायत सम्पूर्ण समिति निर्विरोध निर्वाचित भएको हो । जस अनुसार, कार्य समिति सदस्यहरु यस प्रकार छन् ।
अन्तराष्ट्रिय समन्वय समिति तर्फ :
१. आई सी सी सदस्य : सुर्य हमाल
२. आई सी सी, युवा प्रतिनिधि: कमल गुरुङ
३. आई सी सी, महिला प्रतिनिधि : मनुमायाँ मल्ल रानाभाट
राष्ट्रिय समन्वय समिति तर्फ :
१. अध्यक्ष : रमेश कुमार गुरुङ
२. उपाध्यक्ष : गोविन्द प्रसाद सापकोटा
३. उपाध्यक्ष: गोविन्द पौडेल
४. सचिव : हेमन्त सेढाईं
५. सह-सचिव : बुद्धिबहादुर गुरुङ
६. कोषाध्यक्ष: पुरुषोत्तम सुवेदी
७. सदस्य : रमेश कंडेल
८. ,, : मंगलबहादुर परियार
९. ,, : शिवराज पौडेल
१०. ,, : कृतिकाला पोखरेल
११. ,, : भोजनारायण रेग्मी
१२. ,, : कृष्ण कंडेल
१३. ,, : विष्णुप्रसाद खनाल
१४. ,, : मिलन सुवेदी
१५. ,, : भुपेन्द्र सुवेदी
१६. ,, : शुसिला थापा
१७. ,, : तिर्थराज सिलवाल
र, लेखा समिति अध्यक्ष : तिलक गैरे

NRN PORT2013