एनआरएन अध्यक्ष शेष घले बेल्जियम आउदै

काठमाडौंमा एनआरएनको भवन निर्माणको लागी सहयोग सङ्कलन गर्ने उद्वेश्यले एनआरएन अध्यक्ष शेष घले जनवरी पहिलो हप्ता बेल्जियम आउने nrn buildingभएका छन| घलेको आगमन पारेर एनआरएन बेल्जियमले एक बिशेष कार्यक्रमको आयोजना गरेको छ | बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा जनवरीको पहिलो आईतवार साझ रात्रीभोज सहित कार्यक्रमको आयोजना गरीएको छ |

यस अघि नै अष्ट्रेलिया, अमेरिका,  क्यानाडा लगायतका देशहरुमा  समेत भवन निर्माणार्थ रकम संकलन गर्न शुरु गरीएको छ |करिब १५ करोडको लागतमा निर्माण गरिने बताइएको  भवनको प्रारम्भिक खाका तयार पारिसकिएको छ भने भवन ४ तल्लाको हुने बताइएको छ | भवन निर्माणकै लागि अध्यक्ष घलेले १ करोड यसपहिल्यै प्रदान गरिसकेका छन् |