एनआरएन अध्यक्षमा शेष घले पुनः निर्वाचित

nrn new bodyगैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा
प्रत्यासी टेकबहादुर (टीबी) कार्कीलाई ६०१ को अन्तरले हराउदै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ८६७ मत पाएका छन् भने कार्कीले २६६ मत पाएका छन् ।

उपाध्यक्षमा कुमार पन्त र भवन भट्ट निर्वाचित भएका छन् । पन्तले ५३८ र भट्टले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) निर्वाचित भएका छन् ।

युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् ।

अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।