एनआरएनद्वारा युरोकप प्रतियोगिताको आयोजना

युरोपमा रहेका नेपाली युवाहरुको खेल क्षमता बृद्वी एंव आपसी सम्वन्ध बढाउने उद्वेश्यले एनआरएन स्विजरल्याण्डले एनआरएनए युरोकप प्रतियोगिताको आयोजना गरेको छ| प्रतियोगिता यहि जुन २७ र २८  स्विजरल्याण्डको  Schwimmbadstrasse 7 हुने भएको छ| प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः स्विस फ्रान्क २१००, १३०० र ७०० प्रदान गरीने भएको छ|

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागी निराजन श्रेष्ठ, बिदुर संग्रौलाको संयोजनमा संयोजन समिति समेत गठन गरीएको छ| दुईदिने उक्त प्रतियोगितामा भाग लिन चाहने टिमले अप्रिलको अन्तिम सम्म १० जना खेलाडीको नामावली सहित नाम दर्ता गरीसक्नुपर्ने छ भने दर्ता शुल्क ७०० युरो तोकिएको छ| प्रतियोगितामा भाग लिने १० जना खेलाडीको लागी २६ गते देखि २८ बिहान सम्मलाई खान बस्नको समेत व्यवस्था गरीएको छ|nrn euro cup