उपनिर्वाचन : काँग्रेस फाइदामा

संविधानसभा सदस्यका आइतबार सम्पन्न भएको ४ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा कांग्रेस फाइदामा परेको छ । उसले काठमाडौं-२ को एमालेको एक सीट खोसेको छ भने एमाओवादीको मत सँख्या घटेको छ । चितवन-४ र कैलाली-६ मा कांग्रेसले तथा बर्दिया-१ मा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि पनि ति क्षेत्रहरुमा त्यही पार्टीका उम्मेदवार विजयी भएका थिए ।

Deepak kuikelसंविधान सभा उपनिर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुईँकेल विजयी भएका छन् । उनले  ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍१८ हजार २ सय मत पाए । उनको प्रतिष्प्रर्धामा रहेका एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१, एमाओवादीका लीलामणि पोखरेलले ४, ६ सय ७ मत ल्याए ।
यस क्षेत्रबाट यसअगाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए ।

चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले २० हजार तीनसय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पार्वती रावलले १७ हजार २ सय ७२ मन पाइन् । यसअघि भएको निर्वाचनमा उनी तेस्रो स्थानमा थिइन् ।

एमाओवादीका उम्मेदवार खुशीराम पाखि्रनले ७ हजा ८ सय ५५ मत पाए । उक्त क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाले छाडेका हुन् ।

त्यसैगरी, कैलाली  क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी भएका छन् । उनले १४ हजार ७ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पाए । राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत पाए । यो क्षेत्र कांग्रेस नेता शेरबहादुर देउवाले  छाडेका हुन् ।

त्यसैगरी, बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ९६ मत पाए । ढकालका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत पाए । एमाओवादीका उम्मेदवार भवनकुमा थारुले ११ हजार ३१ मत पाए । यहाँबाट यसअघि एमाले उपाध्यक्ष बामदेव गौतम विजयी भएका थिए ।

गत निर्वाचन र यस उपनिर्वाचनको तुलनात्मक मत सँख्या:

mat sankhya