उपत्‍यकाका सांस्कृतिक सम्पदा पर्यटकका लागि खुला

महाभूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत एेतिहासिक एवं सांस्कृतिक सम्पदा सोमबारदेखि सार्वजनिक अवलोकनका लागि खुलेका छन्।

nepal quake heritageनागरिक उड्डयन तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले सोमबार भक्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच भूकम्पका कारण क्षति पुगेर बन्द भएका सम्पदास्थल खुला भएको घोषणा गरेका हुन्।

भूकम्पपछि पर्यटकको सुरक्षाका लागि भन्दै काठमाडौं उपत्यकाका विश्व सम्पदामा सूचीकृत पर्यटकीय गन्तव्यस्थलहरू भक्त पुर दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भूनाथलगायत क्षेत्र बन्द गरिएको थियो।

कार्यक्रममा पर्यटनमन्त्री शेर्पाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको गलत प्रचारले नेपालका सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यस्थल आउने पर्यटकमा कमी आएको बताए।
पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले सुरक्षित सम्पदास्थल खुला गर्न ढिला भए पर्यटन उद्योग थप धराशयी हुने बताए।

उनले भूकम्पले देशभरका सात सय ४१ वटा सांस्कृतिक सम्पदामा क्षति पुर्‍याएको जानकारी दिए।