आसेन्टा मेला: ब्यापारिक प्रबर्द्धनभन्दा राष्ट्र चिनाउने मै सिमीत

Accenta gentफ्लान्डर्स अन्तरार्ष्टिय व्यापारिक मेला (आसेन्टा) हिजो शनीवारबाट शुरू भएको छ । मेलाको विशिष्ट आतिथ्य राष्ट्र नेपाल रहेको छ । बेल्जियमको साँस्कृतिक सहर गेन्टमा शनीवारको उद्घाटन कार्यक्रममा बेल्जियमका उप-प्रधान तथा रक्षा मन्त्री पिटर द क्रिम र नेपाली अर्थमन्त्री शंकर कोइराला सरिक भए ।
एक हप्ता चल्ने मेलामा वेल्जियमका विशिष्ट व्यक्तीहरु र नेपाल प्रतिनिधी मण्डलको साथै विश्वभरका व्यापारीहरुको सहभागिता रहेको छ ।

‘गेष्ट अफ अनर’ भएको कारण नेपालको प्रस्तुति विशेष रहेको छ । मेलाको द्वारमा रहेको बुद्धको आकर्षक आँखाले सवैको ध्यान तनिरहेको देखिन्छ । नेपाली कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीरहेका छन् ।

मेलाबाट नेपालको चर्चा बढेको छ । तर ब्यापारिक प्रस्तुतिमा नेपालको सहभागिता धेरै प्रभावकारी बन्न सकेको छैन । अन्य देशका तुलनामा नेपाली उत्पादनहरूले आगन्तुकहरूलाइ आकर्षण गर्न सकेका छैनन् । पश्चिम युरोपका चर्चित मेलाहरूमा गनिने फ्लान्डर्स अन्तरार्ष्टिय व्यापारिक मेलामा विशिष्ट आतिथ्य राष्ट्र बन्न पाउनु नेपालमा निम्ति एक राम्रो अवसर हो । तर यो अवसर ब्यापारिक प्रबर्द्धनभन्दा राष्ट्र चिनाउने मै सिमीत बन्ने संभावना टड्कारो बनेको छ ।
Accenta fair

  • Post category:अर्थ