आप्रवासीबारे कस्तो नीति छ बेल्जियमको नयाँ सरकारको ?

बेल्जियममा नयाँ सरकार बनेको छ । नयाँ गठबन्धन सरकारका नयाँ नीतिहरू तय गरिएका छन्, तर आप्रवासीहरू र शरणार्थीहरूका निम्ति भने खुशीको खबर छैन ।

मध्यमार्गी र अनुदारवादी ४ दलहरूको नयाँ गठबन्धनको आप्रवाससम्बन्धी सहमतिमा पहिलो अनुच्छेद मै प्रष्ट खुलाइएको छ- दुर्व्यवहारविरूद्ध लड्ने । त्यसपछि विस्तारमा भनिएको छ- दुर्व्यवहारविरूद्ध लड्ने तर सामुहिक रेगुलाइजेनको कुनै गुन्जाइस छैन ।
नीतिगत रूपमा मात्र होइन नेतृत्वका हिसाबले पनि कडा खालका मन्त्री बन्ने भएका छन् । शरण तथा आप्रवाससम्बन्धी मन्त्री NVA पार्टीका थेओ फ्रान्केन छन् । फ्लेमिश राष्ट्रवादी NVA आप्रवास नीतिमा अनुदारवादी मानिन्छ । बेल्जियमका राष्ट्रिय पार्टीहरूमा आप्रवास नीतिमा जातिवादी भ्लाम्स बेलाङपछि सबैभन्दा कट्टर नीति अँगीकार गर्ने पार्टी हो- NVA । गृहमन्त्री पनि सोही पार्टीका हुन् । आप्रवासीसम्बन्धी विभागहरूमा नीतिगत रूपमा शरण तथा आप्रवाससम्बन्धी मन्त्रीको र कर्मचारीतन्त्रमा गृहमन्त्रीको अख्तियारी रहन्छ ।

गत वर्ष अफगानीहरूले वैधानिकताको लागि सँघर्ष गरेका थिए
गत वर्ष अफगानीहरूले वैधानिकताको लागि सँघर्ष गरेका थिए
बेल्जियमको सरकार निर्माणको लागि चार दलविच सँझौता भएको हो । संझौतामा आप्रवास नीतिबारे स्पष्ट भनिएको छ- सामुहिक रेगुलाइजेन खुल्दैन । बेल्जियममा लामो समयदेखि गैरकानूनी रूपमा लुकीछिपी बस्दै आएका र वैधानिकताको लागि संघर्ष गर्दै आएका विभिन्न देशमा नागरिकहरुलाई नयाँ सरकारको नीति पटक्कै सहयोगी छैन ।

गत वर्ष अफगानीहरूले वैधानिकताको लागि सँघर्ष गरेका थिए तर तिनको माग त्यतिखेर स्वीकार गरिएन र अहिले पनि सम्बोधन नहुने भएको छ । त्यसैगरी, नक्कली विवाहबारे पनि कडाइ गर्ने प्रतिवद्धता संझौतामा छ ।
तर पनि, एकथरि विदेशीहरूका लागि भने यो सरकार सकारात्मक देखिन्छ । बेल्जियममा कुनै किसिमबाट कामको अनुमति पत्र भइ सरकारलाइ कर तिरेर काम गरिरहेकाहरूले स्थायी बासिन्दाको अनुमति पाउन सक्नेछन् । सरकारलाइ कर तिरेर काम गरीरहेकाहरूबारे भने सहयोगी नीति अपनाइने नीति सत्ता समीकरण बनाएका दलहरूले उल्लेख गरेका छन् ।