आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

नेपाली बालक आदित्य दाहालको उपचारमा संलग्न अमेरिकी डाक्टरहरु रोग पहिचान गर्न असफल भएका छन्। उनको aditअमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा स्वास्थ्य अनुसन्धान भैरहेको छ। उपचारको क्रममा केहि सुधारका लक्षणहरु देखिएको बताइएको छ। उनको गत ११ श्रावणदेखि स्वास्थ्य अनुसन्धान जारी छ ।

वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन । उनको शारिरीक तथा पोषण थेरापी जारी राखिएको छ । डाक्टरहरुले उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको आशंका गरिएको भएता पनि एनबिआइएका १३ प्रकारमा उनका लक्षणहरु खासै मिलेनन् । अस्पतालले थप परिक्षण तथा अनुसन्धान सुरु गरेको र ती परिक्षणको रिपोर्ट आउन ३ महिना लाग्न सक्ने अस्पताल स्रोतलाई उद्वत गर्दै आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।

स्रोतका अनुसार आदित्यको चामत्कारिक क्षमताको विषयमा जानकारी पाएपछि अमेरिकी चिकित्सकहरु चकित बनेका छन् । उनीहरुले यसको व्याख्या आफूहरुले गर्न नसक्ने बताएको आदित्यका पिता शेषराज दाहालको भनाई छ । यद्यपि आदित्यकै आग्रहमा उनको मस्तिष्कको अनुसन्धान भने गरिएको छैन । आदित्यले आफूलाई लागेका कुराहरु लेखेर चिकित्सकहरुलाई चिट दिने गरेका छन् । उनले आफ्नो तर्फबाट अनुसन्धानहरु चाँडो सिध्याउन आग्रह गर्दै त्यसपश्चात ‘आफूले गाइड गर्ने’ बताउदै आएका छन् । आदित्यको स्वास्थ्यमा सुधारका लक्षणहरु देखिएको शेषराजले बताए ।

दाहालका अनुसार हाल उनी सहाराबिना केहि बेरसम्म बस्न सक्छन् भने अरुको सहारामा तीन-चार पाइला हिँड्न सक्छन् । माथि हात लगेर कान कोट्याउन वा कपाल कन्याउन सक्ने भएको उनले जानकारी दिए । दुई ठूला भविष्यवाणि सफल आदित्यले विगतमा गरेका ठूला दुई भविष्यवाणि सत्य सावित भएका छन् । एक वर्षअघि उनले सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए ।  यसैगरी २०७२ सालभित्र नेपालमा नयाँ संविधान आउँछ भनेर गरेको भविष्यवाणी पनि सफल भएको छ ।